काठमाडौं । आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी शुरु भएको छ । एक/दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ शुरु गर्ने तयारी गरेको हो । हिजो मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि तयारी शुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने आयोगले निर्णय गरिसकेको छ । मतदाताभन्दा १०/१५ प्रतिशत बढी …
पुरा पढ्नुहॊस »निर्वाचन चिह्नको रंगबारे एमालेको संस्थागत निर्णयले कस्तो असर गर्ला ?
काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा चुनाव चिह्न हरियो रंगको प्रयोग हुने निर्वाचन आयोगले जनाएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले चर्को बिरोध गरिरहेका थिए । अध्यक्ष ओलीले गरिरहेको बिरोधलाई आइतबार भने एमालेले संस्थागत गरेको छ । ओलीले कुनै दल विशेषलाई फाइदा पुग्ने गरि आयोगले निर्णय गरेको यसअघि आरोप लगाउँदै आएका छन् । कमजोर आँखा हुनेहरुले रुखैरुख देख्नु भनेर हरियो राख्न लागेको ओलीले यसअघि टिप्पणी …
पुरा पढ्नुहॊस »आफु मातहत कर्मचारीको सरुवा बदर गर्न गृहमन्त्रालयको पत्राचार
काठमाडौँ । गृह मन्त्रालयले आफू अन्तर्गतका निकायबाट अन्य मन्त्रालयमा सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न पत्राचार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै गृहले आफू मातहत काम गरिरहेको अवस्थामा समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा सरुवा भएका कर्मचारीको सरुवा बदर गर्न भनेको हो । केही कर्मचारीको अन्यत्र मन्त्रालय वा निकायमा सरुवा हुँदा आसन्न स्थानीय तहको निर्वाचन, राष्ट्रिय परिचय-पत्र वितरण, ई-पासपोर्ट लगायतका कामहरु सहजढंगबाट सम्पादन हुन कठिनाई …
पुरा पढ्नुहॊस »स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भाेट हाल्न पाउने
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आज बसेको आयोगको बैठकले अन्तिम नामावली टुंगो लगाएको हो। जस अनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता आगामी निर्वाचनमा सहभागी हुन पाउने भएका हुन्। जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको …
पुरा पढ्नुहॊस »चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता
तीन दिने नेपालमा भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किका छन् । विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हु यान्छी तथा परराष्ट्र मन्त्रालय र दूतावासका अन्य अधिकारीले बिदाइ गरेका थिए । नेपाल भ्रमणको क्रममा मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गरेका थिए । भेटका …
पुरा पढ्नुहॊस »२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि, २१५ संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २२२ नमूना परीक्षण गर्दा २३ जनामा मात्र संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् ।
पुरा पढ्नुहॊस »चुनावी तालमेलको पक्षमा सुजाता
काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले चुनावमा गठबन्धनसँग तालमेल गरेर जानुपर्ने बताएकी छन् । गठबन्धनकै कारण कांग्रेसले केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री पाएको कुरा सम्झिनुपर्ने उनले बताइन् । ‘चुनावमा गठबन्धन बनाएर जाँदा राम्रो हुन्छ भन्ने मेरो धारणा छ । जहाँ हामी बलियो छौं, त्यहाँ लड्ने । कमजोर ठाउँमा सहयोग गर्ने गरी जानुपर्छ,’ केन्द्रीय समितिको बैठकअघि आइतवार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भनिन्, ‘गठबन्धनका कारण हामीले प्रधानमन्त्री पाएको …
पुरा पढ्नुहॊस »चीन नेपालमा हुने भूराजनीतिक खेलविरुद्ध उभिन्छ : चिनियाँ विदेशमन्त्री
काठमाडाैँ । नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ् यीले चीन नेपालमा हुने भूराजनीतिक खेलविरुद्ध उभिने बताएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शनिबार भएको भेटमा वाङले सो कुरा बताएका हुन् । ‘चीन नेपालको आन्तरिक मामिला नेपाली जनताले नै निणर्य गनुपर्छ भन्नेमा विश्वास गर्छ । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र आन्तरिक मामिलामा खलल पार्ने कुनै पनि प्रयासको चीनले विरोध गर्छ । नेपालमा हुने भूराजनीतिक खेलविरुद्ध पनि उभिन्छ’, चिनियाँ सरकारी समाचार …
पुरा पढ्नुहॊस »स्थानीय चुनाव : कुन पालिकामा को निर्वाचन अधिकृत ? (सूचीसहित)
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत बनाइएको छ भने पालिकामा निर्वाचन अधिकृत तोकिएको हो । आयोगले आज गोरखापत्रमा सूचना निकालेर मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्ति गरिएको उल्लेख गरेको छ । ०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ । खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण दिइनेछ …
पुरा पढ्नुहॊस »विमानस्थलको प्रतीक्षालयमा शुल्क तिर्नुपर्ने नियमको चर्को विरोध
काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त व्यवस्थापनका कारण सधैँ आलोचित हुँदै आएको छ । यी आलोचना तथा गुनासाहरूको सम्बोधन गर्नुको साटो अब भने विमानस्थलको प्रतीक्षालयमा आफन्त कुर्दा शुल्क तिर्नुपर्ने बनाइएको छ । व्यवस्थापनको जिम्मा ‘आईएमएस एयरपोर्ट सर्भिस’लाई जिम्मा लगाएपछि त्यहाँ जाने यात्रुका आफन्त तथा साथीभाइहरूले शुल्क तिर्नुपर्ने भएको हो । सरकारले सम्झौता नै गरेर ३० वर्षका लागि निर्माणसहित सञ्चालन व्यवस्थापन सम्पूर्ण जिम्मा सो सर्भिस कम्पनीलाई सुम्पेको …
पुरा पढ्नुहॊस »