परराष्ट्रमन्त्री डा.नारायण खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बिमिस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलंका पुगेका परराष्ट्र मन्त्री खड्का मंगलबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। त्यस क्रममा नेपाल श्रीलंका सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो।
पुरा पढ्नुहॊस »कांग्रेसले स्थानीय तह निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा गठबन्धन गर्ने
कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए। गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको हो। गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ। पार्टीको …
पुरा पढ्नुहॊस »४२ जना काेराेना संक्रमित थपिए, ८६ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर गरिएका ५ हजार ४७१ नमुना परीक्षणमा ४२ जना नयाँ संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । ८६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ५० हजार १५१ रहेकाे छ।
पुरा पढ्नुहॊस »१४ दशमलव २६ अंकले घट्यो नेप्से परिसूचक
साताको तेस्रो दिन मंगलबार (आज) पनि शेयर बजार घटेको छ । यो साता कारोबार भएको दिनदेखि नै निरन्तर ओरालो लागेको बजार आज १४ दशमलव २६ अंकले घटेर २ हजार ५२७ दशमलव ५८ विन्दुमा झरेको हो। मंगलबार २२५ वटा धितोपत्रको ३८ लाख ९० हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। त्यस्तै, १३ …
पुरा पढ्नुहॊस »नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ। नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ। द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गरे। दुवै राजदूतले …
पुरा पढ्नुहॊस »ओलीद्वारा धरहरापछिको अग्लो ‘भ्यु टावर’को उद्घाटन
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु टावरको उद्घाटन गरेका छन् । तिलोत्तमा नगरपालिका-२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन पूर्वप्रधान मन्त्रीसमेत रहेका ओलीले आज गरेका हुन् । लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकूलन कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न …
पुरा पढ्नुहॊस »इटहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई युवा घाइते
काठमाडाैँ । सुनसरीको इटहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलको एक घरमा सोमबार बेलुकी पौने ११ बजेतिर विस्फोटक पदार्थ पड्किँएको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाकाअनुसार रविन थापा बस्दै आएको कोठामा विस्फोट हुँदा उनीसहित दुई युवा घाइते छन् । विस्फोटबाट थापा र लमजुङ घर भएका २३ वर्षीय शेरजङ गुरुङ घाइते भएका छन् । गुरुङ दुई सातादेखि थापाको कोठामा बस्दै …
पुरा पढ्नुहॊस »चुनावी गठबन्धन गर्ने/नगर्नेबारे निर्णय गर्दै कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले चुनावी गठबन्धनलगायत विषयमा निर्णय गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्नेबारे निर्णय गर्ने भएको हो । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सोमबार सकिएको छ । ‘चुनावी गठबन्धनबारे दिउँसो ३ बजेको बैठकमा हामी निर्णय गर्छौँ,’ उनले भने, ‘पार्टीलाई स्थानीय चुनावमा कसरी प्रस्तुत गर्नेलगायत विषयमा आज निर्णयमा पुगिन्छ।’ गत शुक्रबारदेखि कांग्रेसले केन्द्रीय समिति …
पुरा पढ्नुहॊस »तिलोत्तमामा बन्यो साढे ११ करोडको भ्यू टावर
काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित वनवाटिकामा बहुउद्देश्यीय भ्यु टावर निर्माण गरिएको छ । नगरपालिकाले साढे ११ करोड रुपैयाँ खर्चेर १ सय ३४ फिट उचाइको १० तले भ्यू टावर निर्माण गरेको हो । तिलोत्तमा नगरपालिका र शकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण भएको भ्यु टावर आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भएको थियो । ०७२ सालको भूकम्पमा ढलेको काठमाडौँको धरहरापछिको दोस्रो अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुईँ तला ३५ सय …
पुरा पढ्नुहॊस »माधव नेपाल टर्की प्रस्थान
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् । टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेता नेपाल सोमबार राति टर्की प्रस्थान गरेका हुन् । नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । मार्च २९ देखि ३१ सम्म अंकरामा हुने समिटलाई नेता नेपालले सम्बोधन गर्नेछन् । नेता नेपाल यही चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको …
पुरा पढ्नुहॊस »