स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भाेट हाल्न पाउने

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् ।

निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आज बसेको आयोगको बैठकले अन्तिम नामावली टुंगो लगाएको हो। जस अनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता आगामी निर्वाचनमा सहभागी हुन पाउने भएका हुन्।

जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० जना रहेको छ। त्यस्तै अन्यमा १८३ जना मतदाता छन् ।

सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४९६ रहेको आयोगले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री