तस्बिर : रासस

चीन नेपालमा हुने भूराजनीतिक खेलविरुद्ध उभिन्छ : चिनियाँ विदेशमन्त्री

काठमाडाैँ । नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ् यीले चीन नेपालमा हुने भूराजनीतिक खेलविरुद्ध उभिने बताएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शनिबार भएको भेटमा वाङले सो कुरा बताएका हुन् ।

‘चीन नेपालको आन्तरिक मामिला नेपाली जनताले नै निणर्य गनुपर्छ भन्नेमा विश्वास गर्छ । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र आन्तरिक मामिलामा खलल पार्ने कुनै पनि प्रयासको चीनले विरोध गर्छ । नेपालमा हुने भूराजनीतिक खेलविरुद्ध पनि उभिन्छ’, चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले वाङलाई उदृधृत गर्दै लेखेको छ ।

चिनियाँ विदेशमन्त्रीले नेपालमा पछिल्लोपटक बढ्दो भूराजनीतिक चलखेलतर्फ इंगित गर्दै महत्त्वपूणर् वक्तव्य दिएका हुन् । केही समययता अमेरिका र चीन नेपाल मामिलामा एकअर्काविरुद्ध खनिएको अवस्था छ ।

अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट एक महिनाअघि नेपालको संसदबाट अनुमोदन हुनुअघि अमेरिका र चीनबीच वक्तव्यबाजी भएको थियो ।

त्यसबेला चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले बलमिच्याइँपूणर् ढंगले नेपालमाथि एमसीसी सम्झौता थोपरेको आरोप लगाएको थियो । चीनले नेपालको सार्वभौमसत्तामा आँच आउनेगरी एमसीसी सम्झौता नलाद्न पनि अमेरिकालाई सुझाएको थियो । उता अमेरिकाले एमसीसी सम्झौता रोक्न चीनको भूमिका रहेको आरोप लगाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस