२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि, २१५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २२२ नमूना परीक्षण गर्दा २३ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री