सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो समय इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो। तेलको मूल्यवृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक …
पुरा पढ्नुहॊस »कोरोना अपडेटः २५ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप २५ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ९५१ नमूना परीक्षण गर्दा २५ जनामा मात्र संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या ६० हजार २६० रहेको पनि मन्त्रालयले जनाएको …
पुरा पढ्नुहॊस »२३ दशमलव ९५ अंकले घट्याे नेप्से
बिहीबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ। यो साता निरन्तर ओरालो लागेको बजार बुधबार भने उच्च अंकले वृद्धि भएको थियो । आज भने २३ दशमलव ९५ अंकले घटेर २ हजार ५४४ दशमलव ३० विन्दुमा झरेको हो । बिहीबार २२८ वटा धितोपत्रको ३७ लाख ८७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले …
पुरा पढ्नुहॊस »युक्रेनको घटनाबाट पाठ नसिके देश ठूलाे दुर्घटनामा जान्छ : डा.भट्टराई
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन् । बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्। उनले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरुले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको बताए । उनले नेपाल विश्वका शक्तिशाली देशहरुको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आँकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय …
पुरा पढ्नुहॊस »कांग्रेस गठबन्धनकै पक्षमा छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् । बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताए । प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकाले आफू अफ्ठ्यारासँग नभाग्ने बताए । उनले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकताबद्ध बनाएर अघि बढ्ने पनि बताए । प्रधानमन्त्री …
पुरा पढ्नुहॊस »तेजाब आक्रमण र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौँ । सरकारले तेजाब आक्रमण र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध विरोध खतिवडाका अनुसार सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्क्रिय भएका थिए । यसबाट तेजाब आक्रमण र यौन हिंसा पीडितलाई कारबाही गर्न समस्या पर्ने देखिएकाले सरकारले यी दुई …
पुरा पढ्नुहॊस »नेपालमा बर्सेनि ६ लाखले गर्छन् अनिच्छित गर्भधारण, यसमध्ये झन्डै दुई तिहाइ गर्भपतन
काठमाडौँ । नेपालमा बर्सेनि हुने गर्भधारणमध्ये झन्डै आधा गर्भधारण अनिच्छित हुने गरेको पाइएको छ । संयुक्त राष्ट्रसंघको यौनिक तथा प्रजनन स्वास्थ्यसम्बन्धी संस्था (युएनएफपिए)ले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार नेपालमा वर्षमा झन्डै १२ लाख पटक गर्भधारण हुने गरेको र तीमध्ये झन्डै आधा अनिच्छित हुने गरेको पाइएको हो । अनिच्छित गर्भधारणमध्ये झन्डै दुई तिहाइ गर्भपतन हुने गरेको प्रतिवेदनमा उल्लेख छ । गर्भधारणको चाहना नभए पनि प्रजनन उमेरका झन्डै ४४ प्रतिशत महिला परिवार …
पुरा पढ्नुहॊस »‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छानिए १४० विद्यालय (सूचीसहित)
काठमाडौँ । सरकारले प्रतिस्थापन बजेट विधेयकमार्फत ल्याएको महत्वकांक्षी कार्यक्रममध्ये पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि १ सय ४० विद्यालय छनोटमा परेका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि छनोट भएका १ सय ४० विद्यालयको सूची सार्वजनिक गरेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सरकारले प्रतिस्थापन विधेयकमा शिक्षातर्फ पढ्दै कमाउँदै (लर्निङ बाइ अर्निङ) कार्यक्रम ल्याएको थियो । त्यसका लागि शिक्षा मन्त्रालयले यसअघि नै कार्यविधि जारी …
पुरा पढ्नुहॊस »बजेट योजना ७ दिनभित्र पेश गर्न सबै मन्त्रालय र निकायलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माण प्रक्रिया अघि बढाएको अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालयका सचिव, सहसचिव र नेपाली सेनासँग छलफल गरेको छ । सो छलफलमा संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्ने गरी कस्तो योजना र नीति बनाउने भन्ने बारे ७ दिनभित्र कार्ययोजना पेश गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । उनले प्रदेश र स्थानीय तहले निर्माण गर्न सक्ने टुक्रे योजनासमेत संघीय …
पुरा पढ्नुहॊस »कांग्रेस र कम्युनिस्टले देश बनाएनन् : राजेन्द्र लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चात्ताप गर्नुपर्ने सिवाय केही नहुने बताएका छन्। अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गरे। कपिलवस्तुको वाणगंगास्थित बुद्ध रंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त दाबी गरेका हुन् । कांग्रेस, एमाले र माओवादीले पटक-पटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर …
पुरा पढ्नुहॊस »