Tag Archives: mainnews

कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित

नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएका छन्। प्रवक्ता प्रकाशशरण महत संयोजक रहेको उक्त समितिमा सदस्य मनोनयन गरिएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार (चैत १५ मा) सम्पन्न बैठकको निर्णय अनुसार ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल बताए ।

पुरा पढ्नुहॊस »

उपसभापति पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापतिकाे जिम्मेवारी

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन्। प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका हुन्।

पुरा पढ्नुहॊस »

२२ जनामा कोरोना संक्रमण पुष्टि, ७५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २२ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८३५ नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ७५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या ५९ हजार ५४३ रहेको पनि मन्त्रालयले जनाएको छ।

पुरा पढ्नुहॊस »

पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नु पर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै उनले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनु पर्ने बताए। सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखे । पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरुद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उनले यसप्रति …

पुरा पढ्नुहॊस »

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त्री खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। भारतको तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो दिल्ली प्रस्थान गरेका छन् ।

पुरा पढ्नुहॊस »

भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाण लगायत अन्य शीर्ष नेता विमानस्थल पुगेका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो । देउवा भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । प्रधानमन्त्री …

पुरा पढ्नुहॊस »

शनिबार रेल्वे सेवा सञ्चालनको औपचारिक उद्घाटन हुने

नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिबार अपरान्ह १२:३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उद्घाटन हुने जानकारी दिएका छन् । उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ। ‘भोलि १२:३० बजेमा हामी जयनगर पुग्नेछौं, जयनगरमा रेलको सजावटको काम भइरहेको छ,’ महाप्रवन्धक झाले भने, ‘दिल्लीस्थित हैदारावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्री दुवैले झन्डा हल्लाएर उद्घाटन …

पुरा पढ्नुहॊस »

सरकारले बढायो सार्वजनिक सवारीसाधनको भाडा

काठमाडौँ । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा मात्रै भाडा बढाएको छ । यातायात व्यवस्था …

पुरा पढ्नुहॊस »

स्थानीय तहको निर्वाचन : शुरुभयो मतपत्रको परीक्षण छपाइ

काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ शुरु भएको छ । मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकिन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड गएर मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिएका छन् …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवा आज दिल्ली जाँदै, यस्तो छ भ्रमण कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा भारतीय समयअनुसार दिउँसो २:५० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय समयअनुसार दिउँसो ४ बजेर ३० मिनेटमा होटल आइटिसी मौर्यमा भेटवार्ता गर्नेछन् । शनिबार देउवाले बिहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको …

पुरा पढ्नुहॊस »