२३ दशमलव ९५ अंकले घट्याे नेप्से

बिहीबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ। यो साता निरन्तर ओरालो लागेको बजार बुधबार भने उच्च अंकले वृद्धि भएको थियो । आज भने २३ दशमलव ९५ अंकले घटेर २ हजार ५४४ दशमलव ३० विन्दुमा झरेको हो ।

बिहीबार २२८ वटा धितोपत्रको ३७ लाख ८७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहीबार १३ वटा समूहमध्ये व्यापार समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ ।

बिहीबार पनि ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त रहेका छन् ।

कारोबार रकमको आधारमा इमर्जिङ नेपालको ९ करोड २३ लाख ८४ हजार २४८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस