कांग्रेस र कम्युनिस्टले देश बनाएनन् : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चात्ताप गर्नुपर्ने सिवाय केही नहुने बताएका छन्।

अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गरे। कपिलवस्तुको वाणगंगास्थित बुद्ध रंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त दाबी गरेका हुन् ।

कांग्रेस, एमाले र माओवादीले पटक-पटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ।

देशका प्रमुख राजनीतिक दललाई अध्यक्ष लिङ्देनले देश र जनताले महसुस हुने गरि गरेको काम देखाउन चुनौतीसमेत दिएका छन्। अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्‍याउनु देशलाई थप बरबादीको दिशातर्फ धकेल्ने काम हुने बताए।

स्थानीय तहको निर्वाचन नजिकिएकाले उनले राप्रपाका उम्मेदवारलाई जिताउन अपिलसमेत गरेका छन् । राप्रपामा प्रवेश गर्नेलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले जनताका लागि अहित हुने कुनै पनि काम नगर्ने बताउँदै राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिबद्धता व्यक्त गरे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस