प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् ।
बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताए ।
प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकाले आफू अफ्ठ्यारासँग नभाग्ने बताए । उनले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकताबद्ध बनाएर अघि बढ्ने पनि बताए ।
प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको पनि बताए । उनले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताए ।
तपाईंको प्रतिकृया




