तेजाब आक्रमण र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौँ । सरकारले तेजाब आक्रमण र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध विरोध खतिवडाका अनुसार सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्क्रिय भएका थिए ।

यसबाट तेजाब आक्रमण र यौन हिंसा पीडितलाई कारबाही गर्न समस्या पर्ने देखिएकाले सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो । अध्यादेश निष्क्रिय भएपछि यौन हिंसामा परेका र तेजाब आक्रमणमा परेका पीडितले न्याय पाउनबाट वञ्चित भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री