नेपाल र क्यारेबियन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ। कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि बेलीजका स्थायी प्रतिनिधि कार्लोस सी. फुलरले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित सङ्क्षिप्त समारोहमा हस्ताक्षर गरे। दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीच कूटनीतिक …
पुरा पढ्नुहॊस »स्थानीय तह निर्वाचनः वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने कांग्रेसकाे निर्णय
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतको अध्यक्षतामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो। प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमितिमा आवश्यकताअनुसार प्रचार संयन्त्रको गठन गर्ने भएको समितिले जनाएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा महत संयोजकत्वको समितिमा शुक्रबार ६७ जना सदस्य मनोनयन गरेका थिए …
पुरा पढ्नुहॊस »निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन्छः रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा भर नपर्ने बताए। वरिष्ठ नेता पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको छ भन्दै केन्द्रको सबै निर्णय लाद्ने पक्षमा कांग्रेस नरहेको बताए। अहिलेको राष्ट्रिय आवश्यकता परिवर्तनमाथि भएको प्रहार र प्रतिगमनको विरुद्धमा रहेको उल्लेख गर्दै उनले यसलाई जोगाउनुपर्नेमा …
पुरा पढ्नुहॊस »इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान भोलिदेखि सुरु
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि सुरु हुने भएको छ। गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बिहान ४ः१५ बजेबाट बेलुका ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार …
पुरा पढ्नुहॊस »नेपाल र भारतबीच के के भयाे सहमति ?
नेपाल र भारतबीच आज चार वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। समझदारी तथा सम्झौता पत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए। शनिबार नेपाल र भारतबीच भएका चार वटा समझदारी तथा सम्झौतापत्रमा अन्तर्राष्ट्रिय …
पुरा पढ्नुहॊस »नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चारवटा सम्झौता भएका छन् । भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे थियाे । त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच दिल्लीमा भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता शुरु भएको छ । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता शुरु भएको हो । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्रीदेउवा र मोदीले जनकपुर-जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्य चौकीको संयुक्त उद्घाटन हुनेछ । वार्तापछि दुवै प्रधानमन्त्रीले …
पुरा पढ्नुहॊस »अब ९० रुपैयाँमा रेलबाट नेपाल-भारत यात्रा
काठमाडाैँ । आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्कौ रेल छुट्ने उनले जानकारी दिए ।
पुरा पढ्नुहॊस »बिरामीको मृत्युपछि पदमा अस्पतालमा तोडफोड, अत्तरियामा तनाव
काठमाडाैँ । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए । ‘आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुप-र्यो, स्थिति …
पुरा पढ्नुहॊस »देउवा-मोदी आज भेटवार्ता : रेलसेवा र प्रशारण लाइनको शुभारम्भ गर्दै
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दैछन् । आज दुई पक्षबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री देउवा र भारतका मोदी नेतृत्वको प्रतिनिधि मण्डलस्तरीय वार्तापछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेछ । वार्तापछि ३५ किलोमिटर लामो जयनगर-कुर्था रेलसेवा तथा भारत …
पुरा पढ्नुहॊस »