Tag Archives: featured

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ । महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गर्नेछ …

पुरा पढ्नुहॊस »

१ लाख कित्ता बिक्रीमा राखेर निफ्राबाट बाहिरिँदै एनआईसी एसिया लघुवित्त

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)बाट संस्थापक सेयर लगानीकर्ता एनआईसी एसिया लघुवित्त बाहिरिने भएको छ। कम्पनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो। निफ्राले उक्त सेयर लिलामीमा राख्दै खरिद आवेदन माग गरेको छ। पहिलो पटक कम्पनीले संस्थापक सेयरधनीबाटै आवेदन माग गर्नेछ। त्यसपछि खरिद हुन बाँकी रहेको सेयरमा सर्वसाधारणबाट आवेदन माग गर्नेछ। अहिले भने संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। कम्पनीले ७ दिनभित्र …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैङ्कद्वारा बागलुङको कालिका भगवतीमा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । नेपाल एसबिआई बैङ्क लिमिटेडले बागलुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तीर्थालुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैङ्कका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत,श्री दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, श्री कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र …

पुरा पढ्नुहॊस »

सामसङका ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ बजारमा

काठमाडौं । सामसङ नेपालले आफ्ना फोल्डेबल स्मार्टफोनको छैटौँ जेनेरेसन – ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६को लागि रेकर्ड प्रि–अर्डर घोषणा गरेको छ। नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६को लागि नेपालमा अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर  प्रि–अर्डर भएको कम्पनीले जनाएको छ। प्रि–अर्डर १५ साउन २०८१मा समाप्त भएको थियो। कम्पनीका अनुसार यी फोल्डेबलहरू अब बजारमा उपलब्ध छन्। ‘नेपालमा हाम्रा नयाँ फोल्डेबलहरू – ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड …

पुरा पढ्नुहॊस »

आन्तरिक राजस्व विभागको निर्देशन पालना गर्न इसेवाको अपिल

काठमाडौं । इसेवाले आन्तरिक राजश्व कार्यालयको ‘व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने’ निर्देशनको पालना गर्न अपिल गरेको छ। नेपाल सरकारको आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियमको कडा रुपमा पालना गर्न आन्तरिक राजस्व विभाग करदाता शाखाको निर्देशन रहेको छ। निर्देशन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड …

पुरा पढ्नुहॊस »

४.३ मेगावाटको फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले ५० करोड लगानी गर्ने

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच फेदीखोला जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति भएको छ । ४.३ मेगावाट क्षमतामा बन्ने आयोजनामा कम्पनी र बैंकबीच ऋण सम्झौता भएको हो । भोजपुरको साल्पासिलिछोगाउँपालिका–६ मा निर्माण हुने आयोजनामा बैंकले ५० करोड लगानी गर्ने छ । ऋण सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् । कुल लागत …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।को सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ ९३० बमोजिम उमेश कुमार आचार्यलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । करिब २० वर्ष भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । नेपालमा उनी एक बैंकिङ्ग विज्ञको रुपमा परिचित छन् र साथै, विभिन्न निकायहरूमा …

पुरा पढ्नुहॊस »

फेरि डेढ लाख नजिक पुग्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुन १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुनको मूल्य पनि १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र डीआई स्किन हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित डीआई स्किन हस्पिटल प्रा.लि. तथा डीआई डेन्टल केयर प्रा.लि.बीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरूले सो डीआई स्किन हस्पिटल र डीआई डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरूले …

पुरा पढ्नुहॊस »

रोटरी क्लब अफ हिमालयन गल्फरको म्यागजिन विशेषांक ‘द हिमालयन स्विङ’ सार्वजनिक

काठमाडौं । रोटरी क्लब अफ हिमालयन गल्फरले आफ्नो म्यागजिनको विशेषांक ‘द हिमालयन स्विङ’ सार्वजनिक गरेको छ । क्लबको तेस्रो पदस्थापना समारोहमा गत आइतबार उक्त विशेषांक सार्वजनिक गरेको हो । विशेषांकमा रोटरी इन्टरनेसनलका प्रेसिडेन्ट स्टेफानी ए. उर्चिक, डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन र निवर्तमान प्रेसिडेन्ट प्यारजंग थापाका साथै रोटरी वर्ष २०२२–२३ का चार्टर प्रेसिडेन्ट भाइराजा पाण्डेको सन्देश समावेश गरिएको छ । विशेषांकमा रोटरी वर्ष २०२४–२५ का प्रेसिडेन्ट विजयबहादुर श्रेष्ठको सन्देश पनि छ …

पुरा पढ्नुहॊस »