Tag Archives: featured

सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ३४ करोड, लाभांश क्षमता कति ?

काठमाडौं । अधिकांश वित्तीय सूचकमा सकारात्मक सुधार गर्दै सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०/०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले उक्त अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले समीक्षा अवधिमा ६१ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएर सोबाट शेयरधनीलाई ४.३४ प्रतिशत लाभांश वितरणको क्षमता बनाएको छ। यो आर्थिक वर्षको वितरणयोग्य नाफा ६१ करोड छ। यद्यपि श्रावण अन्त्यसम्म अझै असुली समय बाँकी छ। …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सयमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य पनि २ सयले घटेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको …

पुरा पढ्नुहॊस »

प्रभु बैंक, आइडिया स्टुडियो र गण्डकी प्रदेशका तीन क्याम्पसबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच छुट्टाछुट्टै सम्झौता भएको छ । संयुक्त विशेषज्ञता र नवप्रवर्तनमार्फत विद्यार्थीहरूमा चौतर्फी विकास गर्न यो सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, आइडिया स्टुडियो नेपाकातर्फबाट कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ लामा, धौलागिरी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. रामप्रुसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका …

पुरा पढ्नुहॊस »

आश्मा केसी बनिन् मिस नेपाल-२०२४

काठमाडौं । सन् २०२४ को मिस नेपाल आश्माकुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा उनले मिस नेपाल वर्ल्डको ताज हात पारेकी हुन् । यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसीले जितेकी छिन् । त्यस्तै, मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले हात पारिन् । अन्य विधामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द इयर, दीक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र कृति श्रेष्ठ …

पुरा पढ्नुहॊस »

नम्रता ‘नम्बरी सुन’मा

काठमाडौं । नायिका नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदैछिन् । नम्रताका अनुसार फिल्म ‘नम्बरी सुन’मा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् । ‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु । ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे । उसमा घमण्ड छैन । उसको प्रेम आफू भन्दा तल्लो जातको व्यक्तिसँग हुन्छ’, आफ्नो चरित्रबारे नम्रता भन्छिन् । आफ्ना हरेक फिल्ममा फरक फरक …

पुरा पढ्नुहॊस »

टाटाको गाडी खरिदमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सहुलियत ब्याजमा फाइनान्स सुविधा दिने

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको  छ। सम्झौता अनुसार टाटाका विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरूले हाल कायम बैंकको बेश रेटमा अतिरिक्त १ प्रतिशत गरि कुल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् । अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च इभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिनेछ । सहज र झञ्झटरहित तरिकाले …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बाग्लुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सहयोग गरेको हो । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो बागलुङ नगरपालिका–०२, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं ३ …

पुरा पढ्नुहॊस »

झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा

काठमाडौँ । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौँ र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका हुन् । कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना व्यक्त गर्दै …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्धारा कैलालीको श्री नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवा

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित श्री नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका वीच बैंकले निर्माण गरेको पूर्वाधारहरू विद्यालय व्यवस्थापन समिति एवं विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको हो । विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालयको …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रूपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । यसरी ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपाल भरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५०,००० …

पुरा पढ्नुहॊस »