१ लाख कित्ता बिक्रीमा राखेर निफ्राबाट बाहिरिँदै एनआईसी एसिया लघुवित्त

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)बाट संस्थापक सेयर लगानीकर्ता एनआईसी एसिया लघुवित्त बाहिरिने भएको छ। कम्पनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

निफ्राले उक्त सेयर लिलामीमा राख्दै खरिद आवेदन माग गरेको छ। पहिलो पटक कम्पनीले संस्थापक सेयरधनीबाटै आवेदन माग गर्नेछ। त्यसपछि खरिद हुन बाँकी रहेको सेयरमा सर्वसाधारणबाट आवेदन माग गर्नेछ।

अहिले भने संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। कम्पनीले ७ दिनभित्र आवेदन पेस गर्न भनेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री