एनएमबि डिजिटल खेती कर्जाका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । एनएमबि बैंक, डीभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच त्रिपक्षीय सम्झौता भएको छ।

उक्त गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा उक्त सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा बुद्धि मल्ल, डीभी एक्सेलसका तर्फबाट सहसंस्थापक न्युराज कार्की र गाउँपालिकाका तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन्।

एनएमबि बैंक र डीभी एक्सेलस बीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई पूर्ण रुपमा डिजिटल कर्जा प्रदान गर्नका लागि सम्झौता भएबमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेकोमा बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई यस डिजिटल कर्जामार्फत कर्जा लगानी सहज बनाउन लागेको हो ।

गाउँपालिकाका कृषकहरुको आर्थिक अवस्था वृद्धि गर्नका लागि तीनै वटा संस्था मिलेर वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरुलाई कर्जाका लागि सहजीकरण गर्ने, ऋणीहरुलाई अन्य विभिन्न खालका परामर्श सेवाहरु प्रदान गर्ने तथा कर्जा असुलीमा सहयोग गर्नेजस्ता विषयहरुमा सहमति भएको छ।

कार्यक्रममा अध्यक्ष घलानले गाउँपालिकाका किसानहरुलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नका लागि विभिन्न कार्यक्रम गरिरहेको बताएका छन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र विभिन्न वडाका अध्यक्ष, कृषि अधिकृतलगायत अन्य अधिकृतको समेत उपस्थिति थियो।

अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा शुरु गरिएको एनएमबि खेती कर्जा अब छिट्टै नै देशभर शुरु गर्ने तयारी भइरहेको कम्पनीले बताएको छ ।कम्पनीले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेटा, केवाईसी र किङलङ ईभीका ग्राहकहरुका लागि सर्भिस क्याम्प

काठमाडौं । नेपाली बजारमा नेटा, सीजी केवाईसी र किङलङ इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले …

प्रतिकृया दिनुहॊस