पोखरामा सहकारीपीडित र रवि समर्थक आमनेसामने, दुई पक्ष नाराबाजीमा

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा सोमबार बिहानैदेखि पोखराको सडक तातिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहकारीका पीडित बचतकर्ता र रास्वपाका नेता–कार्यकर्ताले नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् ।

सहकारीपीडितले रास्वपा सभापति लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै कारबाही माग गरेका छन् । त्यस्तै, लामिछाने पक्षधरले सहकारीपीडितलाई ‘परिचालित’ भनेका छन् ।

रास्वपाका नेता–कार्यकर्ताले ‘फासिस्ट सरकार मुर्दावाद’, ‘सहकारीपीडितलाई न्याय देऊ’जस्ता प्लेकार्ड पनि बोकेका छन् । दुई पक्षबीच सम्भावित झडपलाई मध्यनजर गर्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा …

प्रतिकृया दिनुहॊस