फेरि डेढ लाख नजिक पुग्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुन १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुनको मूल्य पनि १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो दिन चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामसङको ग्यालेक्सी एस२४ एफई नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ। …

प्रतिकृया दिनुहॊस