महिन्द्राको दसैँ अफर : ट्र्याक्टर खरिदमा चार लाखसम्म जित्न सकिने

काठमाडौं । महिन्द्रा अटोमोबाइल्सले दसैँ, तिहार र छठलक्षित ‘महिन्द्र उत्सव २०२४’ अफर योजना सार्वजनिक गरेको छ । चाडपर्व अवधिमा असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुने अफर नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेडले सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत पहिलो मौकामा हात खाली नहुने नगद इनामको छुट पाउने भएका छन् । यस्तै, बम्पर इनाममा तीन जनाले एक लाख, दुई लाख र चार लाख नगद जित्ने कम्पनीले जनाएको छ ।

बम्पर इनामका विजेता ‘लक्की ड्र’मार्फत छनोट गरिने कम्पनीले जनाएको छ । ‘लक्की ड्र’मार्फत दिइने नगद इनाम नेपाली अभिनेत्री स्वस्तिमा खड्काको हातबाट हस्तान्तरण हुने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यमा कीर्तिमानमाथि कीर्तिमान, पुग्यो १ लाख ५९ हजार

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा नयाँ कीर्तिमान बनाएको छ । आइतबार बढेको …

प्रतिकृया दिनुहॊस