रौतहटको राजपुरमा हैजा पुष्टि

रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टी भएको छ। हैजा पुष्टी भएसंगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आईतवार एक सूचना जारी गर्दै राजापुर नगरपालिका ४ स्थित जोबैर चौक देखी मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्र लाई निषेधित क्षेत्र घोषणा गरेको हो।

उक्त क्षेत्रमा स्वास्थ कार्यालय प्रमुखको अनुमति बिना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, अत्यावश्यक काम बाहेक कुनै ब्यक्ती हिँडडुल गर्न नपाउने सिडियो हिरालाल रेग्मीद्वारा ह्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै एक अर्काको घर वा बस्तीमा आवतजावत नियन्त्रण गर्ने, अत्यावश्यक बाहेक सवारीसाधन जान नपाइने, उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न नपाउने, स्थानिय स्वास्थ्य शाखाबाट जारी आदेश पूर्ण पालना गर्ने गराउने सूचनामा उल्लेख गरिएको छ।

राजपुर नगरपालिकाको पत्रअनुसार वडा ४ मा गत २ गते १ जनामा झाडा पखाला देखिएको त्यसपछी क्रमसः बढ्दै गएको तथा आर डिटी र कल्चरको रिपोर्ट पोजिटिभ आउँदा रोकथाम नियन्त्रण तथा अन्य समुदायमा फैलिन नदिन प्रभावित क्षेत्रमा मानिसको आवतजावत लगायत गतिबिधि तत्काल रोक्न सहयोगको लागि अनुरोध गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ओमानमा आफैले हाँकेको कार दुर्घटना हुँदा नेपाली युवायुवतीको मृत्यु

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । ओमानमा कार दुर्घटनामा परी दुई …

प्रतिकृया दिनुहॊस