प्रहरी हिरासतबाटै ८ थुनुवा फरार

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ जना थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन तोडेर आठ थुनुवा भागेको प्रहरी स्रोतले जनाएको छ ।

हिरासतबाट भागेका नौं जनामध्ये एक जनालाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक छन् ।

फरारहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आठ जना थुनुवा हिरासतबाट भागेको सुनेको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नुहुन्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो ।

प्रतिकृया दिनुहॊस