सिद्धार्थ हस्पिटालिटीका दुई होटलले पाए दक्षिण एशियाली ट्राभल अवार्ड

काठमाडौं । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् । सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल तथा रिसोर्टको रुपमा साटा अवार्ड पाएको हो ।

त्यसैगरी, चितवनको चुम्लिङटारमा पृथ्वीराजमार्गसँगै त्रिशूली नदि किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभरफ्रन्ट होटलररिसोर्टका रुपमा अवार्ड पाएको छ । हस्पिटालिटीका जनशक्तिको अथक मेहनतका कारण यो महत्त्वपूर्ण अवार्ड प्राप्त भएको कम्पनीका क्षेत्रीय कार्यकारी निर्देशक कृष्ण भण्डारीले बताए । साटाका संस्करणहरु दक्षिण एशियाका विभिन्न सहरमा आयोजना हुँदै आएको छ । यसपटकको ८औं संस्करण होटल एशोसिएशन नेपाल (हान)को सहकार्यमा नेपालमा आयोजना गरिएको हो ।

दक्षिण एशियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा छ देशका २५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो ।

सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलहरु सञ्चालनमा छन् । जसमध्ये साटा अवार्ड प्राप्त गर्ने दुई होटल सिद्धार्थ वैभवअन्तर्गतको ब्राण्डमा पर्दछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई ज्योति विकास बैंकको कृत्रिम हात हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले ई नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा छ जना बालबालिकालाई थ्री …

प्रतिकृया दिनुहॊस