रोटरी क्लब अफ हिमालयन गल्फरको म्यागजिन विशेषांक ‘द हिमालयन स्विङ’ सार्वजनिक

काठमाडौं । रोटरी क्लब अफ हिमालयन गल्फरले आफ्नो म्यागजिनको विशेषांक ‘द हिमालयन स्विङ’ सार्वजनिक गरेको छ । क्लबको तेस्रो पदस्थापना समारोहमा गत आइतबार उक्त विशेषांक सार्वजनिक गरेको हो ।

विशेषांकमा रोटरी इन्टरनेसनलका प्रेसिडेन्ट स्टेफानी ए. उर्चिक, डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन र निवर्तमान प्रेसिडेन्ट प्यारजंग थापाका साथै रोटरी वर्ष २०२२–२३ का चार्टर प्रेसिडेन्ट भाइराजा पाण्डेको सन्देश समावेश गरिएको छ । विशेषांकमा रोटरी वर्ष २०२४–२५ का प्रेसिडेन्ट विजयबहादुर श्रेष्ठको सन्देश पनि छ ।

अंग्रेजी भाषामा प्रकाशित विशेषांकमा चार्टर प्रेसिडेन्ट पाण्डेले ‘फ्रम फेयरवेज टू फेलोसिप’ शीर्षकमा रोटरी क्लब अफ हिमालयन गल्फर स्थापनाको रोचक कथा प्रस्तुत गरेका छन् ।

त्यसैगरी डा. रिता थापाले ‘अ लाइफटाइम अन द ग्रिन’ शीर्षकमा आफ्नो समर्पण र लचिलोपनको यात्राबारे लेखेकी छन् । यसले नेपालको महिला गल्फमा डा. थापाको योगदानमाथि प्रकाश पारेको छ । उनको गल्फ यात्रालाई लचिलोपन, जोश र कहिल्यै हार नमान्ने महिलाको प्रतिबिम्ब मानिन्छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले आफूले गल्फ रोज्नुको कारणका साथै बाल स्वास्थ्यमा थप लगानीको आवश्यकताबारे लेखेका छन् ।

आरती राज्य लक्ष्मी राणाको प्रमुख सम्पादकत्वमा प्रज्ञा कूलूङ र सह्रिष्णूता शर्माको सम्पादकीय टिमले विशेषांक तयार पारेको हो ।

रोटरी वर्ष २०२४÷२५ का लागि १० सदस्यीय क्लब सञ्चालन समिति गठन भएको छ । नयाँ सञ्चालन समितिमा प्रेसिडेन्ट इलेक्टमा दमनबहादुर घले, कोषाध्यक्षमा सुमेद भट्टराई, क्लब सचिवमा आरती राज्यलक्ष्मी राणा, प्रोजेक्ट चेयरमा प्रवेश फुयाल, टिआरअफ चेयरमा सेस्टन गुरम्यान श्रेष्ठ, मेम्बरसिप चेयरमा विष्णुदेव पन्त, पब्लिक रिलेसन चियेरमा फिन्ट्सो ओङ्दी लामा, सरजेन्ट एट आर्मस आत्माराम सिम्खडा रहेका छन् ।

क्लबको निवर्तमान अध्यक्षमा प्यारजंग थापा र मेम्बर मेन्टरमा दिपक भण्डारी छन् । क्लबले आगामी वर्षको लागि बजेटसँगै आफ्ना कार्यक्रमहरूलाई जनमानसमा लैजाने अध्यक्ष श्रेष्ठले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामसङको ग्यालेक्सी एस२४ एफई नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ। …

प्रतिकृया दिनुहॊस