Tag Archives: featured

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६२ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबिच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबिच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरे । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव मनाइएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतका सहभागितामा विभिन्न सन्देश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घण्टाघर – भद्रकाली – जमल हुँदै पुनः कमलादीमा पुगेर टुङ्गिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रूपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता …

पुरा पढ्नुहॊस »

आयरल्यान्ड वुल्भ्सको नेपाल भ्रमण क्रिकेट एक्सन स्पोर्टसमा

काठमाडौं । नेपाली क्रिकेट टोली रटेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) बीच हुने क्रिकेट सिरिजका खेलहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने छ । नेपालको राष्ट्रिय टोली गुजरात र बडोदासँग टि–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट …

पुरा पढ्नुहॊस »

कुमारी बैङ्कद्वारा वित्तीय साक्षरता भिडियो शृङ्खला र पुस्तक सार्वजनिक

काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्त्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा वरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैङ्कले यसै बिहीबार आफ्नो वित्तीय साक्षरता भिडियो शृङ्खला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो । बैङ्किङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवर्द्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडियो शृङ्खलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैङ्किङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक …

पुरा पढ्नुहॊस »

डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

काठमाडौँ । विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै डाबर वाटिका स्याम्पुले मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ । प्रतियोगिताको प्रायोजकको रूपमा डाबर वाटिकाले महिला सशक्तीकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गरेको कम्पनीको भनाई छ । डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले भने, ‘हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौँ । यो साझेदारीमार्फत हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा शैलेश्वरी माध्यमिक विद्यालयमा ८ वटा शौचालय निर्माण

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका–६ बडेहाँ स्थित श्री शैलेश्वरी माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बिहीबारका दिन एक औपचारिक कार्यक्रमका बिच बैंकले निर्माण गरेका ८ वटा शौचालयहरू विद्यालय व्यवस्थापन समिति एवम् विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो । १८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत श्री शैलेश्वरी माध्यमिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था …

पुरा पढ्नुहॊस »

नेपाल लाइफद्वारा जीवन बीमाबारे अन्तरक्रिया कार्यक्रम आयोजन

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा छलफल गर्न एक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको समुपस्थितिमा काठमाडौँको होटल एम्बेसडरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । यस किसिमको …

पुरा पढ्नुहॊस »