कुमारी बैंक र डीआई स्किन हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित डीआई स्किन हस्पिटल प्रा.लि. तथा डीआई डेन्टल केयर प्रा.लि.बीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले सो डीआई स्किन हस्पिटल र डीआई डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंकको विश्वास छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने …

प्रतिकृया दिनुहॊस