नेपाल एसबिआई बैङ्कद्वारा बागलुङको कालिका भगवतीमा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । नेपाल एसबिआई बैङ्क लिमिटेडले बागलुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तीर्थालुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैङ्कका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत,श्री दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, श्री कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैङ्क तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैङ्कले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको छ ।

साथै, नेपाल एसबिआई बैङ्कले आफ्नो बागलुङ नगरपालिका–०२, लालीगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं–०३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ ।

त्यसैगरी,बैङ्कले आफ्नो पोखरा महानगरपालिका–०८ सभागृह चोकमा अवस्थित सृजना चोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुवै शाखाले नयाँ परिसरबाट सेवा शुभारम्भ गरेका छन् । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैङ्किङ सेवा उपलब्ध हुने अपेक्षा बैङ्कले राखेको छ ।

हाल बैङ्कले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैङ्किङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने …

प्रतिकृया दिनुहॊस