मुक्तिनाथ बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।को सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ ९३० बमोजिम उमेश कुमार आचार्यलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

करिब २० वर्ष भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । नेपालमा उनी एक बैंकिङ्ग विज्ञको रुपमा परिचित छन् र साथै, विभिन्न निकायहरूमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।

बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने …

प्रतिकृया दिनुहॊस