४.३ मेगावाटको फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले ५० करोड लगानी गर्ने

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच फेदीखोला जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति भएको छ । ४.३ मेगावाट क्षमतामा बन्ने आयोजनामा कम्पनी र बैंकबीच ऋण सम्झौता भएको हो ।

भोजपुरको साल्पासिलिछोगाउँपालिका–६ मा निर्माण हुने आयोजनामा बैंकले ५० करोड लगानी गर्ने छ ।

ऋण सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड रहने छ । हाल प्रालिअन्तर्गत रहेको कम्पनी साउनको अन्त्यसम्म लिमिटेडमा रूपान्तरण गरी सर्वसाधारणमा सेयर जारी गर्ने जनाएको छ । स्वपुँजीअन्तर्गत ४४ करोडको ३० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) बराबरको आईपीओ जारी गर्ने जानकारी दिइएको छ ।

०८२ भित्र निर्माण सम्पन्न गर्ने तयारी गरेको आयोजनाले पूर्व तयारीका लागि आवश्यक जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहुँचमार्ग निमार्ण, गोदाम घर, आवास गृहलगायतको निर्माण पूरा गरेको छ । यस्तै, सिभिलतर्फ ३० प्रतिशत काम सकिएको कम्पनीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौं । त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट …

प्रतिकृया दिनुहॊस