Tag Archives: featured

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन्। मंगलबार आयोजित एक कार्यक्रमकाबीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे। यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले एनबैंक (मोबाइल बैंकिङ) एप्लिकेसनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा …

पुरा पढ्नुहॊस »

हेमबहादुर मल्ल सम्मान-२०७९ डा. भेषबहादुर थापालाई प्रदान गर्ने

काठमाडौं । नेपाल जनप्रशासन संघले २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका अध्यक्ष एव कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जनप्रशासन संघले २०७९ सालमा ‘हेमबहादुर मल्ल सम्मान’ स्थापना गरेको हो । सम्मानपत्रसहित नगद २ लाख प्रदान गरिने संघले जनाएको छ । पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक …

पुरा पढ्नुहॊस »

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन्। अध्यक्ष नेपालले आज मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिएको कम्पनीले जनाएको छ। उक्त शपथग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका का.मु. कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका सञ्चालक समितिका सदस्यहरु र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो। विगत २० वर्षदेखि …

पुरा पढ्नुहॊस »

नयाँ हुन्डाई क्रेटा बजारमा, प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरु रहेको कम्पनीले जनाएको छ। नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्। त्यसैगरी, पछाडि भागमा कनेक्टिंग एलईडी …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका काफ्लेको सोमबार बिहान १० बजे ह्याम्स अस्पतालमा मृत्यु भएको हो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । डेपुटी गभर्नरको रुपमा जिम्मेवारी पूरा गरेका काफ्लेले सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा काम सुरु गरेका थिए ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीको अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक

काठमाडौं । रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै भदौ ७ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरेका छन्। पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थान दिइएको छ । यो फिल्ममा ओलीले प्रधानमन्त्रीकै रोलमा अतिथि भूमिका गरेका छन् । शनिबार उनले काठमाडौंको एक स्टुडियोमा स्वरांकन गरेका थिए । फिल्ममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाही लगायत नेपाल प्रहरीका केही अफिसरहरूको …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैङ्कद्वारा बागलुङको कालिका भगवतीमा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । नेपाल एसबिआई बैङ्क लिमिटेडले बागलुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तीर्थालुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैङ्कका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत,श्री दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, श्री कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र …

पुरा पढ्नुहॊस »

आईएमई पेमा पैसा पठाउँदा एक हजार रुपैयाँसम्म क्यास ब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरूलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत सेवाग्राहीहरूले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा रु एक हजारसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्। यथावत रहिरहेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना …

पुरा पढ्नुहॊस »

राजेश हमाल आठ वर्षपछि फिल्ममा फर्किँदै

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झण्डै आठ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक ‘अनटाइटल’ फिल्ममा अनुबन्ध भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो ।

पुरा पढ्नुहॊस »

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १६ करोड घट्यो

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकको नाफामा करिब १६ करोड रुपैयाँले कमी आएको हो। बैंकको अपरिष्कृत वित्तिय विवरणअनुसार गत आवमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ। जबकी अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ४६ करोड रुपैयाँ थियो। बैंकको ब्याज आम्दानीमा अघिल्लो वर्षको तुलनामा उच्च गिरावट आउँदा त्यसको असर कुल नाफामा देखिएको हो। अघिल्लो वर्ष ५ अर्ब …

पुरा पढ्नुहॊस »