Tag Archives: featured

मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको ३ सय ३२औँ सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनलाई साउन १६ गतेबाट लागू हुने गरी ४ वर्षका लागि बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो ।

पुरा पढ्नुहॊस »

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १८ सयले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको सञ्चालक बने डा. पवन कुमार शर्मा

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिले डा.पवन कुमार शर्मालाई सञ्चालकमा नियुक्त गरेको छ । समितिको ३७९ औँ बैठकबाट मंगलबारबाटै लागू हुने गरी सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।    

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बनेपा शाखा २ लाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा साबिक स्थानबाट करिब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका ७, काभ्रेबाट आइतबारदेखि पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरुलाई स्थानान्तरण गरिरहेको छ । बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप …

पुरा पढ्नुहॊस »

नेशनल लाईफको ‘गाला कन्सर्ट’ भव्य रुपमा सम्पन्न

काठमाडौँ । काठमाण्डौको सोल्टी होटलमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. को गाला कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । नेशनल लाईफले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरू सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू गरी करिब ३०० जनाको उपस्थितिमा उक्त कन्सर्ट सम्पन्न गरेको हो । कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दीप …

पुरा पढ्नुहॊस »

प्रभु बैँक र र्‍याडिसन होटल, काठमाण्डौं बीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौँ स्थित र्‍याडिसन होटल, काठमाण्डौं सँग होटलका विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ । र्‍याडिसन होटल, काठमाण्डौं एक अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशक भन्दा बढी समय देखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको एक अग्रणी पाँच तारे होटल हो । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र …

पुरा पढ्नुहॊस »

विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यरत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरेका हुन् । कार्यालयले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरूपका फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका छन् । जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाको …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंकका ग्राहकलाई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई किक फन वर्ल्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मूल्यको १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने सम्झौता गरेको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वर्ल्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बैंकको ग्राहकहरूले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा …

पुरा पढ्नुहॊस »

‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन ४० दिनमा प्याकअप

काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यु गरेका चर्चित गायक प्रकाश सपूतले आफ्नो दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सकाएका छन् । ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र काठमाडौंमा ४ दिन गरी ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु गरेर अर्को वर्षभित्र रिलिज गरिने निर्माता विनोद पौडेलले बताए । यो फिल्ममा प्रकाशसँगै माओत्से गुरुङ, देशभक्त खनाल, अञ्जना बराइली, मुकुन भुसाल, …

पुरा पढ्नुहॊस »

फ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो, उपत्यका बाहिर मनसुन सर्भिस क्याम्प

काठमाडौँ । सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो फ्रि हेल्थ चेकअप क्याम्पको शुभारम्भ गरेको छ । हरेक शुक्रवार र शनिवार गरिने सो क्याम्पका बारेमा काठमाडौं उपत्यकाका भाटभटेनी सुपर मार्केटमा राखिने स्टलमार्फत जानकारी प्रदान गरिने छ । सो अवसरमा कम्पनीबाट खटाइएका कर्मचारीहरूले आवश्यक जानकारी प्रदान गर्ने र थप जानकारी लिन चाहने ग्राहकलाई नजिकैको सर्भिस सेन्टरको विस्तृत जानकारी दिँदै सहज वातावरणमा सेवा प्रदान गरिने कम्पनीले जनाएको …

पुरा पढ्नुहॊस »