Tag Archives: featured

कुमारी बैंकको वित्तिय साक्षरता अभियान

काठमाडौं । कुमारी बैंक लिमिटेडले रुकुमको सोलाबाङ्गमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भसँगै फिनलिट नेपालको सहकार्यमा वित्तिय साक्षरता एवं संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । पश्चिम रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्गमा स्थित श्री बालकल्याण माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रममाझ विद्यालयको आधुनिक शैक्षिक प्रणालीमा मद्धत पु¥याउने उद्देश्यले बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले विद्यालयका अध्यक्ष लोक बहादुर ददेललाई १ थान ल्यापटप र १ थान प्रोजेक्टर हस्तान्तरण गरे । …

पुरा पढ्नुहॊस »

मेगा बैंकको ७.८५ प्रतिशत लाभांश पारित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रस्तावित ७.८५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको आठौँ वार्षिक साधारणसभाले समितिको प्रस्तावलाई पारित गरेसँगै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने भएका हुन् । सभाले पारित गरेबमोजिम  लगानीकर्ताले चुक्ता पुँजीको एक प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । लगानीकर्ताले उक्त लाभांश आगामी माघको पहिलो साताभित्रै पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुन्जेलीले जानकारी दिएकी छिन् । हाल कम्पनीको चुक्ता पुँजी …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी गराए ।सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोज बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४ । ७५ को प्रतिवेदन …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा उदयपुरको चुहाडेमा

काठमाडाैँ । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यस शाखा रहित बैंकिङबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा रकम झिक्न, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,डिसहोम, सिडिएमएको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको गोंगबुमा

काठमाडौं । कामना सेवा विकास बैँक लिमिटेडले काठमाडौँको गोंगबुमा नयाँ शाखा स्थापना गरेर कारोबार शुभारम्भ गरेको छ । उक्त  शाखाको उद्घाटन बैंकका संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा  गरे  । बैँकले देशका ६१ वटै शाखा कार्यालयबाट एकैपटक घरदैलो तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय काठमाडौँको ज्ञानेश्वरमा रहेको कामना सेवा विकास बैँकले ६३ वटा शाखा र १७ वटा …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूको मूल्य समायोजन

काठमाडौं । बैंक अफ काठमाण्डूको १४ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २ सय ८८ दशमलव ६० तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. ३ सय २८ दशमलव ३० लिएको हो ।

पुरा पढ्नुहॊस »

एनएमबि माइक्रोफाइनान्सको बोनस सेयर पारित, हकप्रद पनि जारी गर्ने

काठमाडाैँ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर दिने भएको छ । लघुवित्तले आर्थिक बर्ष २०७४/७५को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर जारी गरे पश्चात कायम हुने कुल चुक्ता पुँजीको १ः१.५ दरले हकप्रद सेयर जारी गरी  पुँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले सञ्चालक समितिका अध्यक्ष उतम …

पुरा पढ्नुहॊस »

सिभिल बैंकमा घरमै बसेर खाता खोल्दा १ सय पाइने

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि अनलाईन अकाउन्टको सुरुवात गरेको छ । यो सुबिधा बैंकको स्मार्ट बेवसाइट www.civilbank.com.np तथा ‘को बन्छ करोडपति’ को मोबाईल एप मार्फत उपलब्ध गराइएको छ । जसमा ग्राहकहरुले आफ्नो ब्यक्तिगत बिबरण उल्लेख गरेपश्चात एउटा यूनिक कोड उपलब्ध हुनेछ जसको आधारमा ग्राहकहरुले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई सो यूनिक कोड भेरिफाई गराएर खाता खोल्न सक्नेछन् र त्यस खातामा बैंकले १०० को ब्यालेन्स …

पुरा पढ्नुहॊस »

नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं । नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत आगामी दिनहरुमा माछापुच्छ्रे बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले नेपाल नेशनल हस्पिटलद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुको सहजतालाई लक्षित गर्दै गरिएको उक्त सम्झौता पत्रमा नेपाल नेशनल हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुति राणा र माछापुच्छ्रे बैंकका हेड रीटेल डिपोजीट प्रतिमा पाण्डेबीच हस्ताक्षर भएको छ …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा उदयपुरको देउरीमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा आफ्नो २३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गरे भने शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकले नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग …

पुरा पढ्नुहॊस »