प्रचण्डलाई देउवाको जवाफ- अहिलेलाई सरी एमालेसँग मिलिसक्यौं

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालका लागि सहकार्य गर्न नसकिने जवाफ फर्काएका छन् । प्रचण्डसँगको टेलिफोन संवादमा देउवाले यस्तो जवाफ दिएका हुन् ।

देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने,‘एमालेसँग मिलेर सरकार बनाउने सम्झौता गरिसक्यौं । प्रचण्डजी अहिलेलाई सरी ।’

एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि त्यसबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा नदिने निर्णय भएको छ । प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन् ।

सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्की दिने फुयाँलको दुर्गा प्रसाईंसँग कनेक्सन

काठमाडौं । नेपाल प्रहरीले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्की दिने र नेपाली …

प्रतिकृया दिनुहॊस