सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर राष्ट्रिय समझदारी गरिएको बताएको छ । सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

उनले एमालेसँग बृहत्तर राष्ट्रिय हितमा समझदारी बने बताए । ‘लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको हो,’ प्रवक्ता महतले भने, ‘सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ ।’

केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने उनले बताए । ‘अहिलेसम्मको अनुभवका आधारमा संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने हिसाबले दुई दलको बिचमा सँगै अगाडि बढ्ने र आवश्यकता अनुसार अरु दललाई पनि समावेश गर्ने भनेर राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको छ,’ उनले अगाडि भने, ‘नेतृत्व आलोपालो हुन्छ निर्वाचनसम्म । त्यसमा अरु दललाई संलग्न गर्न सकिन्छ । बृहत्तर राष्ट्रिय हितमा समझदारी बनेको छ । लिखित समझदारीमा नेतृत्व आलोपालो गर्ने मात्र छ । एकपटक ओलीजीले र अर्कोपटक शेरबहादुरजीले गर्नुहुन्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका …

प्रतिकृया दिनुहॊस