मेगा बैंकको ७.८५ प्रतिशत लाभांश पारित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रस्तावित ७.८५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको आठौँ वार्षिक साधारणसभाले समितिको प्रस्तावलाई पारित गरेसँगै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने भएका हुन् ।

सभाले पारित गरेबमोजिम  लगानीकर्ताले चुक्ता पुँजीको एक प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । लगानीकर्ताले उक्त लाभांश आगामी माघको पहिलो साताभित्रै पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुन्जेलीले जानकारी दिएकी छिन् ।

हाल कम्पनीको चुक्ता पुँजी १० करोड २८ लाख रुपैयाँ रहेको छ । एक प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ नाघ्ने छ ।

सेयर लाभांश वापत १० करोड ३० लाख रुपैयाँ बराबरको सेयर सेयरधनीलाई उपलब्ध गराइनेछ । यस्तै ४० लाख ६६ हजार रुपैयाँ भने सञ्चित मुनाफामा राखिएको छ ।आर्थिक वर्ष २०७४/७५ मा बैंकले एक अर्ब ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

आव २०७३/७४ मा त्यस्तो मुनाफा एक अर्ब १३ करोड दुई लाख रुपैयाँ रहेको थियो । बैंकले ४५ करोड ४० लाख रुपैयाँ सरकारी राजश्वमा आयकरको रूपमा भुक्तान गरेको छ ।

चालु आवको पहिलो त्रैमाससम्म बैंकले तीन अर्ब १५ करोड रुपैयाँले निक्षेप वृद्धि गरी ६६ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । सो अवधिमा बैंकले ४० करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, बैंकले मर्चेट बैंकिङका लागि मेगा क्यापिटल लिमिटेड स्थापनाको प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष भोजराज शाहले सभामा जानकारी गराएका छन्। ‘हलोदेखि हाइड्रो’ सम्मको नाराका साथ बैंकले ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after