कुमारी बैंकको वित्तिय साक्षरता अभियान

काठमाडौं । कुमारी बैंक लिमिटेडले रुकुमको सोलाबाङ्गमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भसँगै फिनलिट नेपालको सहकार्यमा वित्तिय साक्षरता एवं संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

पश्चिम रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्गमा स्थित श्री बालकल्याण माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रममाझ विद्यालयको आधुनिक शैक्षिक प्रणालीमा मद्धत पु¥याउने उद्देश्यले बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले विद्यालयका अध्यक्ष लोक बहादुर ददेललाई १ थान ल्यापटप र १ थान प्रोजेक्टर हस्तान्तरण गरे ।

बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्र्थीेहरुको सुनौलो भविष्यलाई ध्यानमा राख्दै, कार्यक्रममा उपस्थित विद्यार्थी, शिक्षक र अभिभावकलाई समसामयिक परिस्थितिमा बचतको महत्व एवं निकट भविष्यमा आईपर्न सक्ने वित्तिय तथा पुँजीगत समस्याहरुसँग जुध्ने बलियो आधारको रुपमा बैंक एक भरपर्दो साथी हुने सक्ने कुरा जानकार गराउन सो कार्यक्रम गरेकोे जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस