धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं । धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोट प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

गत शुक्रवार उक्त प्रक्रिया रद्द भएपछि ५ मध्ये एक आवेदक सन्तोषनाराणय श्रेष्ठले सर्वोच्च अदालतमा छनोट प्रक्रिया रद्द भएकोमा असन्तुष्टि जनाउँदै सोमवार रिट दायर गरेका थिए । सोही रिटउपर भएको सुनुवाईमा न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले छनोट प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका हुन् ।

श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइपछि न्यायाधीश मुसलमानको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका विपक्षीविरुद्ध कारण देखाऊ आदेश पनि जारी गरेका छन् । सर्वोच्चको यो आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णय तत्काललाई रोकिएको छ ।

सर्वोच्चले सरकारको निर्णयलाई सदर गर्ने या नयाँ प्रक्रियामा जाने ढोका खोलिदिन अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाउने पनि निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३० दिनभित्र दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने …

प्रतिकृया दिनुहॊस