सिभिल बैंकमा घरमै बसेर खाता खोल्दा १ सय पाइने

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि अनलाईन अकाउन्टको सुरुवात गरेको छ । यो सुबिधा बैंकको स्मार्ट बेवसाइट www.civilbank.com.np तथा ‘को बन्छ करोडपति’ को मोबाईल एप मार्फत उपलब्ध गराइएको छ ।

जसमा ग्राहकहरुले आफ्नो ब्यक्तिगत बिबरण उल्लेख गरेपश्चात एउटा यूनिक कोड उपलब्ध हुनेछ जसको आधारमा ग्राहकहरुले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई सो यूनिक कोड भेरिफाई गराएर खाता खोल्न सक्नेछन् र त्यस खातामा बैंकले १०० को ब्यालेन्स उपलब्ध गराउनेछ ।

साथै यस खाताका अन्य बिशेषताहरुमा एक बर्षका लागी निशुल्क डेबिट कार्ड र इन्टरनेट बैंकिङ्गको सुविधा, दुई बर्षका लागी निशुल्क मोबाइल बैंकिङ्ग सुबिधा, निशुल्क चेक बुक र ५ लाख सम्मको दुर्घटना तथा स्थायी अशक्तताको निशुल्क बीमा सुबिधा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस