नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं । नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट सम्वन्धी सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत आगामी दिनहरुमा माछापुच्छ्रे बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले नेपाल नेशनल हस्पिटलद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुको सहजतालाई लक्षित गर्दै गरिएको उक्त सम्झौता पत्रमा नेपाल नेशनल हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुति राणा र माछापुच्छ्रे बैंकका हेड रीटेल डिपोजीट प्रतिमा पाण्डेबीच हस्ताक्षर भएको छ ।

उक्त संस्थाहरु बीच आइतबार भएको सम्झौता अनुसार माछापुछे्र बैंकका ग्राहकहरुले नेपाल नेशनल हस्पिटलद्वारा दिईने उपचार तथा अन्य स्वास्थ्य सेवाहरुमा १० देखि १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सर्वसाधारण जनताको दैनिक जीवनलाई अझै सहज बनाउन आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसंग यस्ता लाभदायक गठबन्धन गर्ने अस्पताल पक्षको दावी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस