गणतन्त्रका मियो गिरिजाप्रसाद कोइराला (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र विमर्श सभा गरेको छ । पाँच पटकसम्म प्रधानमन्त्री बनेका कोइराला कांग्रेसका पूर्वसभापति हुन् ।

२०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंह थिए भने ०६२–६३ सालको जनआन्दोलनका महानायक गिरिजाप्रसाद कोइराला भए । यी दुवै आन्दोलनमा कांग्रेस र कम्युनिस्ट सँगै थिए । ०४८ सालपछि राजनीतिक छवि सफा नभएको भनी जनमानसमा आलोचित गिरिजाप्रसाद ०६३ सालपछि एकाएक सबैका स्वीकार्य नेता बन्न सफल भए । कारण, उनी गणतन्त्रका मियो भइदिए ।

मंगलबार पार्टी कार्यालयकै मिथिला हलमा भएको ‘विमर्श सभा’ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गिरिजा प्रसादलाई सम्झिए । ‘क्रान्तिदेखि शान्तिसम्म’ विमर्शमा भट्टराई र ज्ञवालीसँगै कांग्रेस नेता कृष्णप्रसाद सिटौला वक्ता थिए । गेजा शर्मा वाग्लेले विमर्शको सहजीकरण गरेका हुन् ।

वक्ताहरुले गिरिजाका कारण देशमा प्रजातन्त्र फर्किएको र नेपाल गणतन्त्रसम्म आएको बताएका थिए । सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको फोटो प्रदर्शनी र विमर्श सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरू दलका शीर्ष नेताहरू पुगेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अल्पमतमा परेको सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न एमालेको आग्रह

काडमाडाैं । नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकार अल्पमतमा परेको बताएको छ …

प्रतिकृया दिनुहॊस