एनएमबि माइक्रोफाइनान्सको बोनस सेयर पारित, हकप्रद पनि जारी गर्ने

काठमाडाैँ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर दिने भएको छ । लघुवित्तले आर्थिक बर्ष २०७४/७५को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर जारी गरे पश्चात कायम हुने कुल चुक्ता पुँजीको १ः१.५ दरले हकप्रद सेयर जारी गरी  पुँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले सञ्चालक समितिका अध्यक्ष उतम भ्लोनद्धारा प्रस्तुत आर्थिक बर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन  सर्बसम्मतीले पारित गरेको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७५ आषाढ मसान्त सम्मको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी सर्बसम्मतीले पारित गरिएको छ ।

माइक्रोफाइनान्सले हाल देशका ५४ वटा जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु स्थापना गरी  लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको हाल करीव  २ अर्व ५१ करोड कर्जा लगानी र निक्षेप करीव रु ८५ करोड रहेको संस्थाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस