कामना सेवा विकास बैंकको शाखा काठमाडौंको गोंगबुमा

काठमाडौं । कामना सेवा विकास बैँक लिमिटेडले काठमाडौँको गोंगबुमा नयाँ शाखा स्थापना गरेर कारोबार शुभारम्भ गरेको छ । उक्त  शाखाको उद्घाटन बैंकका संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा  गरे  ।

बैँकले देशका ६१ वटै शाखा कार्यालयबाट एकैपटक घरदैलो तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय काठमाडौँको ज्ञानेश्वरमा रहेको कामना सेवा विकास बैँकले ६३ वटा शाखा र १७ वटा एटिएमबाट ग्राहकहरूलाई आफ्ना सेवा प्रदान गरिरहेको छ ।

यसका साथै, बैँकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट पनि सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष रूपमा आफ्ना सेवाहरू थप गर्दै जाने बैँकको योजना रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस