त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना, महिला गम्भीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे विमानस्थलका डिपाचरतर्फको सडकमा कार दुर्घटना भएको हो ।

पार्किङमा रोकिराखेको कारमा अर्को कारले ठक्कर दिंदा चालक काठमाडौंकी ५७ वर्षीया विद्यामाली प्रधान घाइते भएको ट्राफिक प्रहरीका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए । उनकाअनुसार घाइतेको अवस्था गम्भीर रहेको छ ।

विमानस्थलमा मान्छे छाडेर आएको बा ०१०२७ च १५९० नम्बरको निजी कारले पार्किङमा रोकिराखेको बा ५ ६ ७२७५ नम्बरको कारलाई पछाडि ठक्कर दिएको थियो । त्यसपछि गाडी अनियन्त्रित भएर केही पर पुगेर पर्खालमा ठोकिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१५ जना बङ्गलादेशी पक्राउ, अध्यागमन विभागमा बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds