हिमालयन बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी गराए ।सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोज बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४ । ७५ को प्रतिवेदन प्रस्तुत गरे । बैंकले आ.व. २०७४ । ७५ अन्त्य सम्म रु. ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र रु. ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस