Tag Archives: featured

अत्यधिक सञ्चालन खर्चले देव विकास बैंकको नाफा घट्याे, अन्य सूचक भने राम्रो

काठमाडौं । कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा उच्च वृद्धि हुँदा देव विकास बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा कमी आएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल १३ करोड २९ लाख रुपैंया खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा बैंकको नाफा १४ करोड ६ लाख रुपैंया नाफा गरेको थियो । बैंकको यो नाफा घट्नुमा बढ्दो व्यवस्थापन खर्च नै मुख्य कारण हो । बैंकको कर्मचारी र …

पुरा पढ्नुहॊस »

नेशनल माइक्रोफाइनान्सको लोभलाग्दो प्रगति, प्रतिशेयर आम्दानी नै ७५ रुपैंया माथि

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वार्षिक ७५ रुपैंया भन्दा माथिको प्रतिशेयर आम्दानी हासिल गरेको छ । माइक्रोफाइनान्सले ५ करोड ७२ लाख रुपैंया खुद मुनाफा गर्दा उक्त प्रतिशेयर आम्दानी हासिल गरेको हो । अघिल्लो वर्ष पुँजी वृद्धिका बाबजुत माइक्रोफाइनान्सले अघिल्लो वर्षको सोही महिनामा कमाएको ६५ रुपैंया प्रतिशेयर आम्दानीलाई बढाएर ७५ रुपैंया पुर्याएको हो । अघिल्लो वर्ष उक्त कम्पनीले २० प्रतिशत बोनस सेयर दिएर चुक्ता पुँजी १२ करोडबाट …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकोत्सवमा प्रभातफेरी कार्यक्रम

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बैंक प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत सुशिल श्रेष्ठ, नायब महाप्रवन्धकहरु टेकराज जोशी लगायत बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत वित्तीय समावेशीकरणका लागि वित्तीय साक्षरता मुलक ब्यानर, विविध चेतानामुलक प्लेकार्डसहित उपस्थित र्याली बैंकको केन्द्रीय कार्यालयस्थित सिंहदरबारप्लाजाबाट सुरु भएकाे थियाे । र्याली भद्रकाली, न्युरोड, रत्नपार्क, …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको छ महिनाको नाफा १ खर्ब नाघ्यो

काठमाडौं । चालू आवको छ महिनामा एभरेष्ट बैंकले १ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा २० करोड बढी हो । अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट १ अर्ब ४ करोड रुपैयाँ मात्र हुन्छ । वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरेको छ भने …

पुरा पढ्नुहॊस »

सांग्रिलामा नयाँ सञ्चालक समिति, अध्यक्षमा प्रसाईँ चयन

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । पुस ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले बैंकको संस्थापक समूह तथा सर्वसाधारण शेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना निर्विरोध चयन गरेको थियो । नवनिर्वाचित सञ्चालकहरुको बैठकले अध्यक्षमा अच्युतप्रसाद प्रसाईँलाई चयन गरेको छ । साथै सदस्यहरुमा संस्थापक समूहबाट शान्तराज बतास, शुसीलकाजी बाँनिया, सर्वसाधारण समूहबाट गंगासागर ढकाल, सुमनकुमार श्रेष्ठ र रविना शेरचन चयन भएको कम्पनी सचिव …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको वार्षिक साधारण सभा माघ २८ गते, ८.५० % बोनस शेयरको प्रस्ताव पारित गरिने

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको १८ औ वार्षिक साधारण सभा माघ २८ गते हुने भएको छ । माघ ३ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभाामा सञ्चालक समितिको प्रतिवेदन छलफल सहित पारित गरिने छ । साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा आव २०७४/०७५ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफल गर्ने कार्यसूचि रहेको छ । विशेष प्रस्तावका …

पुरा पढ्नुहॊस »

बुटवलमा माघ ११ गतेदेखि बैंकिङ्ग/बीमा एक्स्पो हुँदै, तयारी तीब्र

काठमाडौं । माघ ११ गते बुटवलमा हुने बैंकिङ्ग/बीमा तथा पूँजीबजार सम्बन्धी प्रदर्शनीको तयारी तिब्र भएको छ । उक्त प्रदर्शनीको आयोजना मिडिया इन्टरनेशलले गर्ने भएको छ । वित्तीय सचेतना र बीमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, वाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्स लगायत युवा स्वरोजगार कोषको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकबीच भारतीय गोरखा सैनिकलाई सुविधा प्रदान गर्ने सम्झौता

काठमाडौं । एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्घ स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पञ्जाव नेशनल बैंकसँग एमओयूमा हस्ताक्षर गरेको छ । पञ्जाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गरेर बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ र पञ्जाव नेशनल बैंक–सरकारी बिजनेस डेभिजनका महाप्रबन्धक समिर बाजपाईबीच हस्ताक्षर भयो । नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्नेछन् । …

पुरा पढ्नुहॊस »

सहुलियत ब्याजमा ऋण लिनेको सङ्ख्यामा वृद्धि

काठमाण्डाै । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गएकाे मङ्सिर मसान्तसम्म ९ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत ब्याज अनुदान दिएको छ । राष्ट्र बैंकको विवरणअनुसार रु १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र …

पुरा पढ्नुहॊस »

उन्नतिको साधारण सभा माघ २६ गते, राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव

काठमाडौँ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते हुने भएको छ । वित्तीय संस्था सञ्चालक समितिको माघ ३ गते बसेको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । साधारण सभामा सामान्य प्रस्तावका रुपमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७४/०७५ को प्रतिवदेन पारित गरिने छ । त्यसैगरी लेखा परीक्षकको प्रतिवेदन सहित आव २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत …

पुरा पढ्नुहॊस »