अत्यधिक सञ्चालन खर्चले देव विकास बैंकको नाफा घट्याे, अन्य सूचक भने राम्रो

काठमाडौं । कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा उच्च वृद्धि हुँदा देव विकास बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा कमी आएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल १३ करोड २९ लाख रुपैंया खुद मुनाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही समयमा बैंकको नाफा १४ करोड ६ लाख रुपैंया नाफा गरेको थियो । बैंकको यो नाफा घट्नुमा बढ्दो व्यवस्थापन खर्च नै मुख्य कारण हो । बैंकको कर्मचारी र सञ्चालन खर्चमा अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १३ करोड रहेको सो खर्च यो वर्ष १८ करोड ८० लाख पुगेको छ ।

बैंकले निक्षेप तथा कर्जा संकलनमा भने सन्तुलित एवं उत्साहजनक प्रगति हासिल गरेको छ । बैंकले अघिल्लो त्रैमासभन्दा करिब डेढ अर्ब वृद्धि गरी १७ अर्ब ११ करोड पुर्याउँदा कर्जा लगानी करिब १ अर्बले बढाएर १५ अर्ब ६० करोड रुपैंया पुर्याएको छ ।

बैंकको रिजर्भमा ६१ करोड रुपैंया रहँदा पुँजी पर्याप्तता अनुपात १६.०७ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २.१७ प्रतिशत, कस्ट अफ फण्ड ८.९४ प्रतिशत, सीसीडी अनुपात ७८.७१ प्रतिशत, आधार ब्याजदर ११.९१ प्रतिशत र ब्याजको स्प्रेडदर ५.०६ प्रतिशत छ । पुस महिनाको अन्तिम दिन १२७ रुपैंया रहेको बैंकको मूल्य आम्दानी अनुपात भने १२.१० गुणा मात्र रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस