नेशनल माइक्रोफाइनान्सको लोभलाग्दो प्रगति, प्रतिशेयर आम्दानी नै ७५ रुपैंया माथि

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वार्षिक ७५ रुपैंया भन्दा माथिको प्रतिशेयर आम्दानी हासिल गरेको छ । माइक्रोफाइनान्सले ५ करोड ७२ लाख रुपैंया खुद मुनाफा गर्दा उक्त प्रतिशेयर आम्दानी हासिल गरेको हो । अघिल्लो वर्ष पुँजी वृद्धिका बाबजुत माइक्रोफाइनान्सले अघिल्लो वर्षको सोही महिनामा कमाएको ६५ रुपैंया प्रतिशेयर आम्दानीलाई बढाएर ७५ रुपैंया पुर्याएको हो । अघिल्लो वर्ष उक्त कम्पनीले २० प्रतिशत बोनस सेयर दिएर चुक्ता पुँजी १२ करोडबाट बढाएर १५ करोड भन्दा माथि पुर्याएको थियो ।

नेशनलले दोस्रो त्रैमासको अन्त्यमा कुल २ अर्ब ९१ करोड रुपैंया ४८ लाख रुपैंया कर्जा प्रवाह गर्दा बचत सदस्यहरुबाट ९७ करोड रुपैंया बचत संकलन गरेको छ भने २ अर्ब ७ करोड ४२ लाख रुपैंया ऋण लिएको छ । उक्त ऋण परिचालनबाट नेशनलले ६ महिनामा २३ करोड ६१ लाख ब्याज आम्दानी गर्दा १२ करोड १८ लाख ब्याज खर्च गरेको छ । कर्मचारी र अन्य प्रशासनिक खर्चमा भने कम्पनीले १६ करोड ३७ लाख रुपैंया खर्च गरेको छ ।

नेशनलको पुँजी पर्याप्तता अनुपात १०.८९ प्रतिशत, एनपीएल १.४८ प्रतिशत, कस्ट अफ फण्ड ८.४६ प्रतिशत छ । पुस मसान्तको बजार मूल्यको आधारमा नेशनलको मूल्य आम्दानी अनुपात २२.०८ गुणा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस