राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकोत्सवमा प्रभातफेरी कार्यक्रम

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बैंक प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत सुशिल श्रेष्ठ, नायब महाप्रवन्धकहरु टेकराज जोशी लगायत बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत वित्तीय समावेशीकरणका लागि वित्तीय साक्षरता मुलक ब्यानर, विविध चेतानामुलक प्लेकार्डसहित उपस्थित र्याली बैंकको केन्द्रीय कार्यालयस्थित सिंहदरबारप्लाजाबाट सुरु भएकाे थियाे । र्याली भद्रकाली, न्युरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै पुनः सिंहदरबारप्लाजामा आई समापन भएको थियो ।

कार्यक्रममा बैंक कर्मचारीसहित सयौँको संख्यामा सहभागी उपस्थिति रहेका थिए । बैंकले ५४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद तथा विविध कार्यक्रम गरिरहेकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ …

प्रतिकृया दिनुहॊस