सहुलियत ब्याजमा ऋण लिनेको सङ्ख्यामा वृद्धि

काठमाण्डाै । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गएकाे मङ्सिर मसान्तसम्म ९ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत ब्याज अनुदान दिएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार रु १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकारले व्याज अनुदान दिँदै आएको छ । उक्त कर्जा लिएका व्यक्तिबाट रु ७५ करोड ८२ लाख बराबरको ब्याज अनुदान प्रदान गरिएको छ ।

यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनःकर्जाको उपयोगसमेत बढेको छ ।

गएकाे मङ्सिर मसान्तसम्ममा राष्ट्र बैंकले रु १६ अर्ब ७० करोड पुनःकर्जा लगानीमा गरेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनः कर्जाको बक्यौता मङ्सिर मसान्तसम्ममा २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार ५३४ जना रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after