एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकबीच भारतीय गोरखा सैनिकलाई सुविधा प्रदान गर्ने सम्झौता

काठमाडौं । एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्घ स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पञ्जाव नेशनल बैंकसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

पञ्जाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गरेर बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ र पञ्जाव नेशनल बैंक–सरकारी बिजनेस डेभिजनका महाप्रबन्धक समिर बाजपाईबीच हस्ताक्षर भयो ।

नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्नेछन् । त्यस्तै उनीहरुले रक्षक प्लस खाताबाट निशुल्क रेमिटेन्स सुविधा, एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकको सह–ब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

भारतीय गोरखा सैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ । कार्यक्रममा दुवै बैंकका वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after