Tag Archives: featured

सांसद गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी

काठमाडौं । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको काठमाडौंकाे घरमा दिउँसै चोरी भएको छ । काठमाडौं महानगरपालि देवीनगरस्थित उनकाे डेरामा बुधबार दिउँसो चोरी भएको हो । गाैतम बस्दै आएको घर सूचना आयोगको कार्यालयको अगाडि छ । आफू सिंहदरबार गएको तथा पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको उनले बताए । गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंककाे संचालक पदमा हरिभक्त सिग्देल नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारणसभा सम्मको लागि नियुक्त गरेको छ । नवनियुक्त संचालक  हरिभक्त सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ । माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा …

पुरा पढ्नुहॊस »

महराले रगत दिन नमानेपछि, डीएनए परीक्षण हुन सकेन

काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान समाभुख कृष्णबहादुर महराको डीएनए परीक्षणका लागि महराले रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन। जिल्ला अदालत  काठमाडौंले ७ कात्तिकमा रगत दिन महरालाई आदेश दिएको थियो ।  डीएनए परीक्षणविना आरोपबारे अनुसन्धान गर्न  कठिन हुने स्रोतले जनाएको छ ।

पुरा पढ्नुहॊस »

काँग्रेसले आफ्ना उम्मेदवारहरुको टुंगो आइतवार लगाउने

काठमाडौं ।काँग्रेसले आफ्ना उम्मेदवारहरुको टुंगो आइतवार लगाउने भएको छ ।  पुस १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो १७ गते आइतबार टुंग्याउने भएको  हो । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

पूर्वसभामुख महरालाई आज अदालत लगिँदै

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई आज काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । अदालत उपस्थित गराइएसंगै उनको आजबाट थुनछेक बहस सुरू हुनेछ । थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुनेछ । काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको ७ दिनको म्याद हिजो सकिएको हुनाले आज अदालत उपस्थित गराउन लागिएको हो।

पुरा पढ्नुहॊस »

कपिलवस्तुमा झडप: एकको मृत्यु

काठमाडौैं । कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि  स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय सुरजकुमार पाण्डेको मृत्यु भएको हो । त्यस क्षेत्रमा  प्रशासनले अनिश्चितकालीन कर्फ्यु  जारी गरेको छ ।  

पुरा पढ्नुहॊस »

कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौैं । कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्रमा  अनिश्चितकालीन कर्फ्यु  जारी गरेको हो ।

पुरा पढ्नुहॊस »

कामना सेवाको शाखा ललितपुरको कुमारीपाटीमा

काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नं.२० स्थित कुमारीपाटीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको एक सयऔंं शाखा कार्यालय स्थापना गरी कारोबारको शुरुवात गरेका हो ।  बैंकका अध्यक्ष सुदिप आर्चाय तथा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैंकले देशका विभिन्न भागहरुमा एक सयवटा शाखा तथा ४९ बटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको …

पुरा पढ्नुहॊस »

नग्न तस्वीर सार्वजनिक भएपछि सांसदले दिइन् राजीनामा

एजेन्सी   । अमेरिकाकी एक महिला सांसदले नग्न तस्वीर सार्वजनिक भएपछि राजीनामा दिएकी छन् । क्यालिफोर्नियाकी बाइसेक्सुअल नेत्री केटी हिलले संसद् सचिवालयका एक पुरुष सहयोगीसँग अफेयर चलाएको र चुनावी अभियानमा सक्रिय एक महिलासँग पनि उनले सम्बन्ध राखेको बताइएको छ ।   केटी हाउस एथिक्स कमिटीको सोधपुछमा पनि परेकी छन् । न्युड तस्वीर सार्वजनिक भएपछि केटीले डर लागेको बताएकी छन् । उनले आइतवार संसदबाट राजीनामा दिएको घोषणा गरिन् । उनले गत …

पुरा पढ्नुहॊस »